रोटरी सामाजिक पत्रकारिता पुरस्कार पौडेललाई

रोटरी सामाजिक पत्रकारिता पुरस्कार पौडेललाई

बुटवल, २० वैशाख ।  
रोटरी क्लब अफ रुपन्देहीले यसै वर्षको  ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार २०२०’ पत्रकार सञ्जु पौडेललाई प्रदान गर्ने भएको छ ।

रुपन्देहीमा रहेर सक्रिय रुपमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कार पत्रकारिताबाट समाज परिवर्तन र विकासमा पुर्याएको योग्दानको उच्च मूल्यांकन गरि कान्तिपुरकर्मी पौडेललाई प्रदान गरिने पुरस्कार छनोट समिती संयोजक बिष्णु पौडेलले जानकारी दिए ।

‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा प्रदान गरिने यस पुरस्कार   कोरोना संक्रमणका कारण सिर्जित निषेद्याज्ञा र असहज परिस्थितिका कारण  परिस्थिति सामान्य र सहज भएपश्चात प्रदान गरिने संयोजक पौडेलले बताए ।

यसै वर्षदेखि सुरु भएको सामाजिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पौडेल पहिलो पत्रकार हुन्। 

पुरस्कार क्लबका वर्तमान अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुरबुवा-हजुरआमाको स्मृतिमा स्थापना गरेका हुन ।