बुटवल उपमहानगरपालिकाको सक्रियता, अक्सिजनको अभावका बेला अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरपालिकाको सक्रियता, अक्सिजनको अभावका बेला अक्सिजन बैंक स्थापना

अनिल सापकोटा
बुटवल, २१ वैशाख । 

कोरोना संक्रमणले दिनप्रतिदिन नयाँ रेर्कड कायम गरिरहेका बेला देशका प्राय सबै जिल्मा अक्सिजनको चरम अभाव भएको छ । 

अस्पताहरुमा अक्सिजन सिडिण्डरको अभावले कोरोना सङ्क्रमितको उपचारनै प्रभावित भइरहेका बेला बुटवल उपमहानगरपालिकाले भने बुटवलमा अक्सिजन बैंक स्थापना गरेको छ।

सोमबारदेखि आनौपचारिक रुपमा सञ्चालनमा आएको अक्सिजन बैंक आज उपमहानगर प्रमुख शिवराज सुवेदीले अक्सिजन बैंकको शुभारम्भ गरेका हुन् । 

अहिले देशव्यापी रुपमा नै अक्सिजनको अभाव भन्ने हल्ला भएकाले न्युनतम १०० सिलिन्डर त्यहाँ राखेर आवश्यक परेको ठाउँबाट त्यहिबाट लैजाने व्यवस्था मिलाएको प्रमुख सुवेदीले जानकारी दिए ।

 

कुनै पनि कोरोना संक्रमित बिरामीले अत्यावश्यक अवस्थामा त्यहाँ भएको अक्सिजन प्रयोग गर्न पाउने मेयर सुवेदीले जानकारी दिए । "उपमहानगरको संस्थागत आइसोलेसन, होटल आइसोलेसन र समुदायमा भेटिएका संक्रमितलाई अक्सिजनको आवश्यक परेको अक्सिजनको लेवन अनुसार प्राथमिकतामा राखेको छौँ, हाम्रा स्वास्थ्यकर्मीको टोलिले अवस्था निरिक्षण गरेपछि अक्सिजनको सिलिन्डरसहितको सेवा हामी दिन्छौँ," प्रमुख सुवेदिले भने ।

"रित्तो अक्सिजन भर्नका लागि कुनै समस्या नभएको व्यवसायीहरुले बताइसक्नु भएको छ । व्यवसायी तथा विभिन्न निकायसँग एउटा कार्यदल बनाएर अक्सिजन आपूर्तीको लागि सहमती गरेका छौँ । कोभिडका बिरामीलाई चाहिने समपूर्ण अक्सिजन भर्न ती रित्तो हुने  अक्सिजन पुन भर्नका लागि हामीले लायन्स क्लवसँग सहकार्य गरेका छौँ," प्रमुख सुवेदिले भने, "यसरी अक्सिजन अभावबारे  जनसमुदायमा फैलिएको हल्लाले संक्रमितको मनोवैज्ञानिक असर नपरोस भनेर यस्तो बेला आत्मबल, प्रोत्साहन होस भनेर हो । यस्तो अवस्थामा कतिपय मानिसहरु आत्तिने र आत्महत्या सम्मका घटना घट्ने हुन थालेकाले समुदायमा राम्रो सन्देश जाओस भनेर अक्सिजन बैंकको स्थापना गरेका हौँ ।"