खराब मौसमका कारण मन्त्री सवार हेलिकप्टर दुर्घटना : गृह मन्त्रालय

खराब मौसमका कारण मन्त्री सवार हेलिकप्टर दुर्घटना : गृह मन्त्रालय

 फागुन १५, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ । 

दुर्घटनाबारे जानकारी दिदै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’, "दुर्घटना हुनभन्दा केही समय पहिले पाइलट क्याप्टेन प्रभाकर केसीकोसँगको अन्तिम संवादमा उनले भनेमा छन्, 'भारी हिमपात भइरहेको छ म उड्न सक्दिन' त्यसपछि केही समयमा बिमान उडेको देखिन्छ । बिमान उडेको केही समयमा नै दुर्घटना भएको देखिन्छ" उनले भने । 

एअर डाइनेस्टीको एएस ३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको छ ।