सैनामैनाका ३४ वर्षीय कोरोना संक्रमित पुरुषको चितवनमा निधन

सैनामैनाका ३४ वर्षीय कोरोना संक्रमित पुरुषको चितवनमा निधन

चितवन, २३ वैशाख । 
रुपन्देही सैनामैना नगरपालिका–४ स्थायि घर भएका कोरोना संक्रमित एक पुरुषको आज चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

भरतपुर अस्पतालका अनुसार आज बेलुकी साढे ५ बजे ३४ वर्षीय ति पुरुषको निधन भएको हो । १९ गते कोरोना संक्रमणको पुष्टि भए उनी २२ गते अस्पताल भर्ना भएका थिए।

कोरोना संक्रमणको पुष्टिपछि आइसोलेसनमा बसेका संक्रमित पुरुषको अवस्था जटिल हुँदै गएपछि हिजोदेखि आइसियूमा राखिएको थियो ।

निमोनियाको समेत समस्या रहेका पूरषको उपचारकै क्रममा आज निधन भएको अस्पतालले जनाएको छ ।