मन्त्री अधिकारीको निधनमा भोलि सार्वजनिक बिदा

मन्त्री अधिकारीको निधनमा भोलि सार्वजनिक बिदा

 फागुन १५, काठमाडौं ।  सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गर्दै बिदा दिने घोषणा गरेको छ ।

बुधबमर मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ । अधिकारीसहित मृतक सबैको राष्ट्रिय सम्मानका साथ बिहीबार अन्तेष्टि गरिने भएको छ ।

मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति पनि गठन गरेको छ ।