एकैदिन चार हजार २२ जना संक्रमणमुक्त

एकैदिन चार हजार २२ जना संक्रमणमुक्त

काठमाडौं, २६ वैशाख । 
नेपालमा पछिल्ले २४ घण्टामा ४ हजार २२ जना कोरोमा संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न स्थानमा गरि  गत २४ घण्टामा चार हजार २२ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ७८ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ७८७ जनाको पीसीआर र पाँच सय छ एन्टीजेन परीक्षणमा आठ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेका छन् ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना गरी २४ घण्टामा ८८ जनाको निधन भएको तथ्यांक थप भएको छ ।