रेम्डेसिभिर चाहियो? यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालय अनुरोध

रेम्डेसिभिर चाहियो?  यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालय अनुरोध

काठमाडौं, २९ वैशाख। 
बङ्गलादेशबाट थप ३२ हजार डोज रेम्डेसिभिर नेपाल आइपुगे सँगै कोरोना संक्रमित बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक सुचना जारी गर्दै चिकित्सकले तोकेको आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न सकिने बताएका हुन् । प्रतिडोज चारहजार नौ सय रूपैयाँ मात्र तिर्न मन्त्रालयले सूचना मार्फत आग्रह गरेको छ ।

औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्पर्क गर्नुपर्ने विज्ञप्तीमा जनाइएको छ ।

कोभिड-१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

रेम्डेसिभिर औषधि खरिद गर्नका लागि डा. अबुल अन्सारी (९८००५५५९१०), सुवास (९८१०१९४४१६) डा. बिमल (९८४१५०६३७०) कमल (९८५११२४६३९, ९८५११२४६३९) यी नम्बरमा सम्पर्क​ गर्न सकिने मन्त्रालयले अनुरोध गरेको छ ।