पछिल्लो २४ घण्टामा १६८ सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १६८ सङ्क्रमितको मृत्यु

काठमाडौं, २९ वैशाख। 
नेपालमा कोरोनाभाइरसबाट पछिल्लो चौबीस घण्टामा १६८ सङ्क्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोभिड-१९ सम्बन्धी पत्रकार सम्मेलनमा २४ घण्टामा नौ हजार २३८ जना सङ्क्रमित थपिएको बताए । उनले सोहि समयमा चार हजार ४४४ जना कोरोनामुक्त, देशभर १६८ जनाको मृत्यु भएको  जानकारी दिए।

पछिल्लो २४ घण्टामा भएको मृत्यु मंगलबार भन्दा कम हो । मंगलबार हालसम्मकै सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको थियो ।
 कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म चार हजार २५२ जनाले ज्यान गुमाएका छन् ।