कोरोना संक्रमणबाट रुपन्देहीमा एक पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा एक पत्रकारको मृत्यु
प्रतिकात्मक तस्वीर

बुटवल, ५ जेठ । 
कोरोना सङ्क्रमणबाट एक जना पत्रकारसहित सात जनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । 

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकारको उपचारकै क्रममा मृत्यु भएको हो। गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकारको आज बिहान मृत्यु भएको हो । 

उनी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए ।