दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक जन्माइन् १० सन्तान

दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक जन्माइन् १० सन्तान

काठमाडौं, २७ जेठ ।  
दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। 

गोसियम थमारा सिथोल नाम गरेकी ती महिलाले दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाको एक अस्पतालमा सोमबार राति तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएकी हुन्। एक रिटेलस्टोरमा म्यानेजरको काम गर्ने गोसियामीले पहिले पनि जुम्ल्याहा सन्तान जन्माएकी थिइन्।

'यी सात केटाहरू र तीन केटीहरू हुन्। म खुसी छु। म भावनात्मक छु। म धेरै कुरा गर्न सक्दिनँ,' उनले पति टिवोहोले प्रिटोरिया न्यूजलाई भनेका छन् ।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ। पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ।