वरिष्ठ गायक दीपलाई संगीतकार संघको आर्थिक सहयोग

वरिष्ठ गायक दीपलाई संगीतकार संघको आर्थिक सहयोग

काठमाडौं, १ असार । कोरोना संक्रमण बाट केहीदिन अघि निको भएका नेपाली संगित क्षेत्रका वरिष्ठ गायक दीप श्रेष्ठलाई संगीतकार संघ नेपाल ले आर्थिक सहयोग गर्ने भएको छ ।

संघले गायक श्रेष्ठलाई रु दुई लाख नगद सहयोग गर्ने भएको हो । संघको संगीतकार कल्याणकर्मी कोषबाट सङ्घले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष पारस मुकारुङले जानकारी दिएका छन् ।

अध्यक्ष मुकारुङले दीप श्रेष्ठको नाममा काटिएको चेक सामाजिक सञ्जालमा राख्दै उक्त सहयोगबारे जानकारी गराएका हुन् । 

भ्वाइस अफ नेपालका जज समेत रहेका गायक दीप कारोना संक्रमण भएर १६ दिन ह्याम्स अस्पतालमा उपचार पछि घर फर्किएका हुन् ।