फ्यानको आग्रहमा कपिलले पहिलो पटक सार्वजनिक गरे त्रिशानको तस्विर

फ्यानको आग्रहमा कपिलले पहिलो पटक सार्वजनिक गरे त्रिशानको तस्विर

ऐजेन्सी, ७ असार । 
कमेडियन कपिल शर्माले आइतबार फ्यानको एक डिमान्ड पुरा गरेका छन् ।

शर्मालाई केहि समय देखि उनका फ्यानले डिमान्डमा फादर्श डे को अवसरमा आफ्नो छोरा त्रिशानको तस्बिर पहिलो पटक सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

कपिलले सार्वजनिक गरेको तस्बिरमा उनको काखमा छोरो त्रिशान र छोरी अनायरा केक काट्दै गरेको देख्न सकिन्छ । तीनै जनाले सेतो कलरको टिसर्ट समेत लगाएका छन् । 

तस्बिर शेयर गर्दै कपिल शर्माले लेखेका छन् ‘पब्लिकको जोडदार डिमान्डका कारण अनायरा र त्रिशान पहिलो पटक एकसाथ ।’ कपिल र उनकी पत्नी गिन्नी चतरथ गत १ फेब्रअरीमा त्रिशानको आमाबुबा बनेका थिए । 

आफु बुवा र पत्नी गिन्नी बुवा आमा भएको कुरा कपिल आफैले सामाजिक संजाल माफर्त दिएका थिए । तर छोरोको तस्बिर शेयर गरेको भने थिएनन् ।

फ्यानहरुले छोराको तस्विर सार्वजनिक गर्न पटक पटक माग राखेपनि उनले कुनै प्रतिक्रिया दिएका थिएनन् ।