मृत अवस्थामा फेला परिन अभिनेत्री जेनी कुँवर, भेटियो सुसाइड नोट
काठमाडौं, २४ असार ।
नेपाली सिनेमा नायिका जेनी कुँवर मृत फेला परेकी छन्।
काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे मृत भेटिएकी जेनीले आत्महत्या गरेको प्रहरीको प्रारभ्कि अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी वृत बानेश्वरले दिएको जानकारी अनुसार उनीसँगै उनको सुसाइड नोट पनि भेटिएको छ।
घटनाको मुजुल्का उठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका दर्जनौ नेपाली फिल्ममा अभिनय गरेकी थिइन् ।
Facebook Comments