आँचल लेख्छिन्, ‘गलत समाचारबाट टाढा रहनुहोस्’

आँचल लेख्छिन्, ‘गलत समाचारबाट टाढा रहनुहोस्’

काठमाडौं, २७ असार ।
नायिका आँचल शर्माले  गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी छिन्।

आँचलले सामाजिक सञ्जालमार्फत आफ्नो बारेमा आएको एक समाचार गलत रहेको  स्पष्टिकरण दिदै गलत समाचारबाट टाढा रहन आग्रह समेत गरेकी हुन् ।

केहि दिन अघि आँचल शर्मा गर्भवती रहेको खबर सामाजिक संजालमा भाइरल भैरहेको छ । यसैको बारेमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारप्रति नलाग्न आफ्ना फ्यान तथा शुभचिक्तकहरुलाई आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’

आँचलले केही राम्रो कारणले गर्दा अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उल्लेख गरेकी छिन् आँचलले आफू आमा बन्ने भएपछि आफैले सबैलाई जानकारी दिने बताएकी छन् । साथै अहिलेलाई गलत समाचारबाट टाढा रहन उल्लेख गरेकी हुन् ।