मिस वर्ल्ड मा ‘पपुलर च्वाइस’का लागि भोट माग्दै नम्रता

मिस वर्ल्ड मा ‘पपुलर च्वाइस’का लागि भोट माग्दै नम्रता

काठमाडौं, १ साउन। 
अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ खुल्ला भएको छ । 

यस बर्षको ‘मिस वर्ल्डको फिनाले  डिसेम्बर १६ तारिखमा अमेरिकाको पुएर्तोरिकोमा आयोजना हुदै छ ।  विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् ।

मिस नेपाल वर्ल्ड’को आयोजक  ‘दि हिडेन ट्रेजर’ र नम्रताले मिस पपुलर च्वाइस विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । ‘दि हिडेन ट्रेजर’ले ‘पपुलर च्वाइस’मा नेपालको विरासत कायम राख्नका लागि सबैलाई भोट गर्न अपिल गरेको छ ।

उनलाई भोट गर्नका लागि मबस्टार एप डाउनलोड गरेर नम्रताको फोटोहरुमा लाइक र कमेन्ट गर्नुपर्ने हुन्छ। एपबाट प्राप्त लाइक र कमेन्टको आधारमा डिसेम्बर १६ तारिखमा विजेताको घोषणा हुनेछ ।