गायक प्रकाश र सुनिता बने 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत'

गायक प्रकाश र सुनिता बने 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत'

काठमाडौं, ७ साउन । 
चर्चित लोक गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा नियुक्त भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।

बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै प्राधिकरणले उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको हो।

गत वर्ष प्रकाश शपुतले विपद जोखिम सचेतनाको लागि एउटा भिडियो सामग्री समेत तयार पारेका थिए ।

प्राधिकरणसँग जोडिन पाएकोमा प्रकाश सामाजिक सञ्जालमार्फत खुसी साटेका छन् । 

"एउटा सामान्य व्यक्ति र कलाकारको हिसाबले यो मेरो लागि एउटा ठुलो उपलब्धि र गौरबको अनुभव  हो तर एउटा नागरिक को हिसाबले  यसलाई महत्वपुर्ण ज़िम्मेवारी र कर्तव्य को रुपमा लिएको छु । प्राकृतिक विपत्ति जस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकार को एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरु संग सहकार्य गरेकोमा म प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल सर सहित सम्बन्धित सबैमा आभारी छु," प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन् ।