सिन्धुपाल्चोकका बाढी प्रभावितको मलम बनेर पुग्यो इन्द्रेणी

सिन्धुपाल्चोकका बाढी प्रभावितको मलम बनेर पुग्यो इन्द्रेणी

काठमाडौं, ७ साउन । 
गत असारमा आएको बाढीको कारण ठूलो क्षती व्यहोरेको सिन्धुपाल्चोक वासीका लागि लोकप्रिय लोकदोहोरी कार्यक्रम 'इन्द्रेणी'को टिम घाउको मलम बनेर पुगेको छ । 

‘इन्द्रेणी’ ले सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न सञ्चालन गरेको अभियानबाट उठेको झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

लोक गायक कृष्ण कँडेल र उनको टिमले इन्द्रेणीमा उठेको रकममध्ये हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ भन्दा बढी सहयोग हस्तान्तरण गरेका छन् ।  

मंगलबार इन्द्रेणीका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तै इन्द्रणी टिमले नै गत असार १ गते आएको बढीका कारण मेलम्ची नगरपालिकामा पुर्ण रूपमा क्षति भएका परिवार मध्यका पीडित पाँच परिवारलाई  रु. ३ लाख ६७ हजार का दरले घर निर्माणका लागि रु. १८ लाख  ३६ हजार १ सय ५  रुपैया बुधवार हस्तान्त्रण गरेको छ  ।

उक्त रकम मेलम्ची नगरपालिकाका नगर प्रमुख, डम्बर ब. अर्याल, वडाध्यक्ष रुद्र प्रसाद दुलालको उपस्थितीमा पीडित परिवारलाई हस्तान्त्रण गरिएको हो ।

लोकदोहोरी कार्यक्रम इन्द्रेणी लोकप्रिय कार्यक्रम हो । दुखी तथा समस्यामा परेका नागरिकका लागि समयोग उठाउने नाममा विकृती चलिरहेका बेला इन्द्रेणी समुहले भने देशैभरका दुख तथा समस्यामा परेका नागरिकको दुखमा मलमपट्टी बनेर पुग्ने गरेको छ ।