कोरोनालाई खिसी गर्दै खोप लगाउन अस्वीकार गरेका पुरुषको कोरोनाबाटै मृत्यु

कोरोनालाई खिसी गर्दै खोप लगाउन अस्वीकार गरेका पुरुषको कोरोनाबाटै मृत्यु

ऐजेन्सी, ११ साउन । 
कोरोना खोपको खिसी गर्दै खोप लगाउन अस्वीकार गर्ने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका एक पुरुषको कोरोनाभाइरसकै कारण ज्यान गएको छ।

ती ३४ वर्षीय पुरुष एक महिना कोरोनाका कारण थलिएका थिए।

हिल्सङ मेगाचर्चका सदस्य स्टीभन हार्मन कोभिड खोपका प्रखर विरोधी थिए। उनले खोप नलिने भन्दै उक्त खोपको खिसी गर्न एउटा शृङ्खला नै बनाएका थिए।

सात हजार फलोवर भएका जुन महिनामा ट्वीट गरेका थिए।

लस एन्जलिस बाहिर पर्ने एउटा अस्पतालमा उनको निमोनिया र कोभिड-१९ को उपचार भइरहेकोमा गत साता मृत्यु भएको हो।

बुधवार गरेको अन्तिम ट्वीटमा हार्मनले पाइपमार्फत् श्वासप्रश्वास लिने निर्णय गरेको बताएका थिए।

"मलाई थाहा छैन म कहिले उठ्न सकूँला। कृपया मेरो लागि प्रार्थना गर्नुहोला," उनले लेखेका थिए।

कोरोनाभाइरससँग जुझिरहँदा पनि उनले कोभिड खोप लगाउन अस्वीकार गर्ने भनिरहे र धार्मिक आस्थाले आफूलाई बचाउने विश्वास व्यक्त गरिरहे।

आफ्नो मृत्युअघि उनले कोरोनाभाइरस महामारी र कोभिड खोपको खिसी गरेका थिए।

अमेरिकी वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीमा भन्दा बाइबलमा विश्वास रहेको भन्दै बनाइएका मीम पनि उनीले शेअर गरेका थिए।