खाबी लेम: एक मजदुर जो टिकटकमा अत्याधिक चर्चित बने

खाबी लेम: एक मजदुर जो टिकटकमा अत्याधिक चर्चित बने

काठमाडौं, ११ साउन । 
हामीले टिकटकका देखिरहने एउटा अनुहार हो, खाबी लेम । आफ्नो भिडियोमा नबोली मानिसहरुलाई हसाउन सिपालु लेम सजिलै गर्न सकिने कामलाई गार्हाे तरिकाले गर्ने मानिसहरुप्रति ब्याङ्ग गर्छन् । 

लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा चार्ली डीुअमेलियोपछि पहिलो स्थानमा छन्।

उनको टिकटक खातालाई ९६ करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ४० करोड बढी लाइक पाएका छन्।

 

लेम को हुन् र किन यति चर्चित छन् ?

खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन्। उनी २१ वर्षका भए। अहिले इटलीमा बस्छन्।

एउटा कारखानामा मजदुरका रूपमा काम गर्ने उनले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

उनी रमाइला भिडिओहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कुरालाई बिनाकारण जटिल बनाएका छन् भनेर देखाउँछन्। तर भिडिओमा उनी बोल्दैनन्।

उनका अनुसार उनको अनुहारको नाटकीय भावभङ्गि देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन।