स्कुल छोडेर राहत शिक्षक आन्दोलनमा

स्कुल छोडेर राहत शिक्षक आन्दोलनमा

फागुन २१, काठमाडौं ।
प्रवेशिका परीक्षा एसईई र वार्षीक परीक्षा मुखैमा आएका बेला देशभरका २७ हजार ८ सय सरकारी विद्यालयका राहत शिक्षक  आन्दोलन गर्न काठमाडौं आएका छन् । 

आन्दोलनको तेस्रो दिन आज पनि राहत र बाल विकास केन्द्र (इसिडी) का शिक्षकले माइतीघरदेखि बानेश्वरसम्मको सडकमा प्रदर्शन गरे।

देशभर ४० हजार राहत, १३ हजार अस्थायी करार, ३६ हजार बाल विकास केन्द्र (इसिडी) शिक्षक छन्। २०५० सालदेखि अहिलेसम्म भर्ना भएका विद्यालयका कर्मचारी, उच्च माध्यामिक विद्यालयमा पढाएका र प्राविधिक शिक्षकले पनि सरकारले नयाँ ऐनपछि आफ्नो जागिरको सुनिश्चितता माग गरेका छन्।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रको अन्तिममा पठनपाठन तीव्र बनाउनु पर्नेमा शिक्षकले विद्यालय बन्द गरेर पढाइ प्रभावित बनाउन नहुने बताएको छ।

‘ऐन निर्माण प्रारम्भिक चरणमा रहेकै अवस्थामा विभिन्न विषयमा आधारित रहेर आन्दोलनका कार्यक्रम नगर्न मन्त्रालय अपिल गर्दछ,’ अर्यालले विज्ञप्ति निकालेर भनेका छन्, ‘विधेयक निर्माण प्रक्रिया लामो हुन्छ, प्रारम्भिक चरणमै तरंगित नहुन मन्त्रालयको आग्रह छ।