वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम बिस्फोट

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम बिस्फोट

२५ फागुन, काठमाडौं ।

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शत्तिशाली विस्फोट भएको छ ।

शुक्रबार साँझ राजधानीको बसुन्धरास्थित  गुरूङको घरमा बम बिस्फोट हुदा ४ जना घाइते भएका छन् । बिस्फोटपछि भएको आगलागीबाट चार तले घरको दोस्रो तलासम्म क्षति पुगेको छ। यस्तै पार्किङ गरी राखिएको गुरूङको  गाडी पनि जलेको छ। विस्फोटबाट नजिकैका केही घरमा समेत क्षति भएको छ ।

विस्फोट नेकपा विप्लव समूहले गराएको हुनसक्ने प्रहरीको आशंका छ । १० फागुनमा विप्लव समूहले नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।