काठमाडौंमा भेटियो बर्डफ्लु, २८ हजार कुखुरा नष्ट

काठमाडौंमा भेटियो बर्डफ्लु, २८ हजार कुखुरा नष्ट
तस्विर सौजन्य : cnewz.ug

चैत ४, काठमाडौं । 

काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको छ ।

तारकेश्वर-७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिए । 

उनका अनुसार, गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । पुनः कुखुरामा संक्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।

बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।