सैनिकलाई निजी काममा लगाउने कर्णेल कारबाहीमा

सैनिकलाई निजी काममा लगाउने कर्णेल कारबाहीमा

चैत्र ५, काठमाडाैं । 

सेनालाई घरायसी काममा लगाएको आरोप लागेका नवलपरासीस्थित वन तथा पर्यावरण सुरक्षा गणका कर्णेल रविन्द्र लुइँटेल कारबाहीमा परेका छन् ।

पदीय दुरुपयोग गरी सैनिक जवानलाई घरको काममा खटाएको र गैंडाकोटका स्थानीयलाई धम्क्याएको पुष्टि भएपछि कर्णेल लुइँटेल सेनाको २८ बाहिनी बारामा तानिएका हुन् । उक्त बाहिनीमा २४ घण्टाभित्र हाजिर हुन लुइँटेललाई आदेश दिइएको हो ।

 १९ महिनाअघि हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गणमा कार्यरत लुइँटेलले गैंडाकोट नगरपालिका २ स्थित प्रगति टोलमा रहेको आफ्नो १२ आना जग्गा हुँदै गाउँलेले बाटो बनाउन खोज्दा आफूले बढी चर्चेको जग्गा नाप्न नदिएको आरोप लागेको थियो। लुइँटेलको ठाउँमा अर्का कर्णेल शारदाभक्तलाई खटाइएको छ।