तस्बिरमा हेर्नुहोस् रङहरुको पर्व होली

तस्बिरमा हेर्नुहोस् रङहरुको पर्व होली
तस्विर : Arjun Bhusal

चैत ७, काठमाडाैं । 

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँएकाे छ भने आज तराइ हाेली तराइका जिल्लाहरूमा हर्षउल्लासका साथ मनाइदै छ ।  

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । 

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

तस्बिरमा हेर्नुहोस् रङहरुको पर्व होली : 

 

होलीको अवसरमा राजधानीको सुन्धारा रत्नपार्क सडकमा देखिएको सवारीसाधन र सर्वसाधरणको चाप