आजदेखि एसईई परीक्षा सुरु

आजदेखि एसईई परीक्षा सुरु
तस्विर सौजन्य : the kathmandu post

चैत १०, काठमाडौं । 
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।

 यसवर्ष देशभरबाट जम्मा परीक्षार्थी ४ लाख ७५ हजार ३ जना रहेका छन् । जस अन्तर्गत नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७  परीक्षार्थी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश तीन बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी हुँदै छन् भने सबैभन्दा कम  प्रदेश ७ बाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् ।

परीक्षाका लागि एक हजार ९ सय ६९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यति नै केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएका छन् । यस वर्षदेखि एसइई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेका छन् ।