बारा र पर्सामा पठाउन चितवनमा रक्तदान कार्यक्रमको आयोजना

बारा र पर्सामा पठाउन चितवनमा रक्तदान कार्यक्रमको आयोजना

चैत १८,भरतपुर
तराईका हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले भरतपुरको चौविसकोठीमा आज ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना  गरेका हुन्। 

बारा र पर्सा जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली समेत गएको छ ।

आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएका छन् ।