सरकारले हावाहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने

सरकारले हावाहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने

चैत १९, काठमाडौं ।

संघीय सरकारले गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने भएको छ।

हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको र कतिपय क्षेत्रमा विद्युत अवरुद्ध विद्युत सूचारु गर्न नसकिएका बेला मंगलबार ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको हो ।

उर्जासचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल सहभागी बैठकमा हावाहुरीबाट भएको क्षतिका बारेमा छलफल भएको थियो ।

त्यस्तै अवरूद्ध विद्युत सेवा पुनः सुचारू गर्न योजना र बजेट निर्माण गर्ने र १३२, ३३ र ६६ केभीको लाईन सुरु गर्ने निर्णय भएको छ ।