एसइईको प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक

एसइईको प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक
तस्विर सौजन्य : jagranjosh

चैत २१, काठमाडौं । 
माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न २ प्रहरी, १ शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा राजविराज–१६ का शिक्षक मनोज यादव, परिक्षार्थी राजेश यादव र उमेश यादव, प्रहरी ब्रह्मदेव र दिपेन्द्र र अर्का दिपेन्द्रकुमार मण्डल रहेका छन् । 

गत चैत १४ गते एसइई परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र सामाजिक सञ्चालमार्फत बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएकोमा बिहीबार नै दोस्रो दिन हुने अनिवार्य सामाजिक शिक्षा विषयको प्रश्नपत्र पनि बाहिरिएको थियो ।

पक्राउ परेकाहरूलाई शिक्षा ऐन, चोरी ऐनलगायत मुद्दा अनुसार कानुनी कारवाही हुने प्रहरीले जनाएको छ।