सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिदा दुई जनाको मृत्यु

सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिदा दुई जनाको मृत्यु

चैत २२, काठमाडौं । 
भर्खरै बनेको कोटेश्वर कलंकी सडक अन्तर्गत सानेपा चोक नजिक जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको ट्रकले भ्यानलाई किच्दा दुईजनाको मृत्यु भएको छ । 

शुक्रबार दिउसो बल्खुबाट सातदोबाटोतर्फ आईरहेका जनक शिक्षा सामग्री केन्द्रको बा १ घ ५३३ नम्बर ट्रकले विपरीत दिशाबाट आइरहेको  स्कुटर अर्को लेनमा जान लागेको अवस्थामा जोगाउन खोज्दा अनियन्त्रित भइ बा ७ च २१३१ नम्बरको भ्यानसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी भ्यानमा सवार दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पाको मृत्यु भएको छ। घाइते एकजनाको उपचार भइरहेको छ । 

 ट्रकको चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भइरहेको  प्रहरीले जनाएको छ ।