प्रदेश ५ का सांसदले हुरी प्रभावितलाई एक दिनको पारिश्रमिक दिने

प्रदेश ५ का सांसदले हुरी प्रभावितलाई एक दिनको पारिश्रमिक दिने
तस्विर सौजन्य : vijayafm

चैत २४ काठमाडौं । 
प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले  बारा र पर्साका हावाहुरी प्रभावितलाई आफ्नो एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको  एक दिनको पारिश्रमिक १५ सय रुपैयाँ हुन आउँछ जस अनुसार १ लाख ३० हजार ५ सय हुन्छ । 

यसअघि नै प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।