अर्घाखाँचीमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु, १० घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु, १० घाइते

चैत २५, बुटवल । 
अर्घाखाँचीको सन्धिखर्क देखि प्युठानको बरमलाको लागी छुटेको देउराली यातायातको लु १ ज १२२९ न को  यात्रुवाहक  जीप अर्घाखाची भुमिकास्थान नगरपालिका ८ लातेबाझमा दुर्घटना हुुँदा ३ जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेहरुमा प्युठान ऐरावती गाउँपालिका २ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनिका आचार्य र अन्दाजी ५ वर्षीय एक बालकको मृत्यु भएको छ ।

उकालो सडकमा ब्रेक फेल भएपछि जीप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१४ सिट सवार जिपमा १८ जना यात्रु थिए। जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ। अन्य घाइतेको भने सन्धिखर्कमै उपचार भइरहेको छ।