बैंकको एटीएम फोडिरहेको अवस्थामा एक युवक पक्राउ

बैंकको एटीएम फोडिरहेको अवस्थामा एक युवक पक्राउ

चैत २७, काठमाडौं । 
राजधानीको तीनकुनेस्थित एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

मंगलबार राति सवा ८ बजे  एनसीसी बैंकको एटीएम मेसिन फोडिरहेको अवस्थामा  रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल  बरामद गरेको छ । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।