८ केजी गाँजा सहित १ युवक पक्राउ

८ केजी गाँजा सहित १ युवक पक्राउ

बैशाख २, हेटौंडा
हेटौंडा  उपमहानगरपालिका-१५ स्थित रातोमाटेमा अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने २६ वर्षीय बकु राय राजघरलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जादै गरेको ना.५ ख ३९५२ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
    
उनको साथबाट उक्त गाँजा बरामत गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।