बुद्ध एयरले विज्ञप्ती निकाल्दै भन्यो ६८ यात्रु छोडेर मन्त्री कुर्न सकेनौं (विज्ञप्तीसहित)

बुद्ध एयरले विज्ञप्ती निकाल्दै भन्यो ६८ यात्रु छोडेर मन्त्री कुर्न सकेनौं (विज्ञप्तीसहित)
तस्विर सौजन्य : रिपब्लिका

बैशाख ३, काठमाडौं । 
बुद्ध एयरले सोमबार राती भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुप्रसाद बास्कोटा छुटेको समाचारले आज दिनभर सामाजिक सञ्जाल तात्यो । 

हिजा बेलुकाको उडान छुटेपछि आज बिहान सञ्चारमन्त्री प्रेस चौतारीले रुपन्देहीको मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरिक भए । उक्त कार्यक्रमको सम्बोधनका क्रममा ठट्यौली शैलीमा सञ्चारमन्त्रीले भने  ‘यो बुद्ध एयर भन्नेले गर्नु गर्‍यो, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने पूर्व जानकारी नै नदिई उड्नेबेलामा जहाज उड्दैन भन्यो,  ‘लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो अवस्था छ।’

तर, आन्तरिक उडानमा आधा हिस्सा ओगटेको बुद्ध एयरले सञ्चारमन्त्री गोकुप्रसाद बास्कोटा छुटेको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले आज विज्ञप्ति जारी गर्दै ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको भन्दै स्पष्ट पारेको हो। 

Image may contain: text