हावाहुरी प्रभावितका लागि प्रदेश ३ ले दिएकाे १ करोड सहयाेग हस्तान्त्रण

हावाहुरी प्रभावितका लागि प्रदेश ३ ले दिएकाे १ करोड सहयाेग हस्तान्त्रण

वैशाख ४, जनकपुर ।

बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश ३ सरकारले घोषणा गरेको १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको तर्फबाट एक करोडको बुधबार दिउँसो चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

गएको चैत १७ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु हुनुको साथै करोडौंको क्षति पुगेको थियो । हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि गरेको थियो ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा खुशी व्यक्त गरे । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।