रोकिएन सुन तस्करी : स्याउको ट्रकमा भेटियो ७ किलो सुन

रोकिएन सुन तस्करी : स्याउको  ट्रकमा भेटियो ७ किलो सुन
तस्विर सौजन्य : CNN

बैशाख १०, काठमाडौं । 
चीनबाट स्याउ लिएर नेपाल भित्रिएको ट्रकबाट ७ किलो सुन फेला परेको छ ।

नेपाल–चीन नाका रसुवाको केरुङबाट स्याउ लिएर नेपाल आएको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकबाट रसुवा प्रहरीको टोलीले चेकजाँचका क्रममा ७ किलो सुन बरामद गरेको हो ।

प्रहरीले ७ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेर ग्याल्बो घले रहेका छन् ।

प्रहरीले ८ वैशाखमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका एक भियतनामी र एक कम्बोडियन महिलाबाट तीन केजी अवैध सुन बरामद गरेको थियो।