नौ किलो गाँजासहित एक युवक पक्राउ

नौ किलो गाँजासहित एक युवक पक्राउ

बैशाख १३, सर्लाही ।  
सर्लाहीको लालबन्दी नगरपालिका-१ लखन्देही खोला नजिकबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार बिहान प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गढी गाउँपालिका-७ बस्ने २५ वर्षीय वाङछु थिङ रहेका छन् । 

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा थिङले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  भइरहेको जनाएको छ ।