खुलामञ्चमा चलाइयो डोजर, पसलेको भागाभाग

खुलामञ्चमा चलाइयो डोजर, पसलेको भागाभाग

बैशाख १४, काठमाडौं ।  
काठमाडौंको खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले ती पसलमा डोजर चलाएर भत्काएको छ ।

महानगरपालिकाले शनिबार दिउँसो करिब ४० वटा सटरहरु डोजर लगाएर भत्काउन थाल्दा त्यहाँ रहेका पसलहरुमा भागाभागको स्थिति आएको हो ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको जनस्तरबाट व्यापक विरोध आएपछि महानगरले डोजर लगाएर ती संरचना भत्काएको हो ।