तलब नपाएपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

तलब नपाएपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या
तस्विर सौजन्य : MyNation

बैशाख १५, काठमाडौं । 
वित्तिय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् ।

पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् ।

 रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् । सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।