राष्ट्रपति भण्डारी र सीबीच आज द्विपक्षीय भेटवार्ता हुने

राष्ट्रपति भण्डारी र सीबीच आज द्विपक्षीय भेटवार्ता हुने

वैशाख १६, काठमाडौं । 
चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आफ्ना समकक्षी सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्दैछिन्।

बेइजिङको केन्द्रस्थित ग्रेट हल अफ द पिपुल्समा हुने राजकीय सम्मान तथा शिष्टाचार भेटवार्ताका क्रममा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

यसअघि राष्ट्रपति भण्डारीले सोमबार बिहान थ्यानआनमन स्क्वायरमा पुगेर शहीदहरूप्रति पुष्पाञ्जली अर्पण गरेकी छन्।