ट्रकको ठक्करबाट एक छात्राकाे मृत्यु, लम्कीमा तनाव

ट्रकको ठक्करबाट एक छात्राकाे  मृत्यु, लम्कीमा तनाव
तस्विर सौजन्य : रिपब्लिका

वैशाख १७,  टिकापुर  । 
पूर्व पश्चिम राजमार्ग अन्तर्गत  टिकापुर लम्की बजारमा मंगलबार बिहान ट्रकले ठक्कर दिदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले मंगलबार दिनभर लम्की बजार तनावग्रस्त बन्यो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले  ठक्कर दिदा १९ वर्षीया सुनिता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त र स्थानीयले ट्रक तोडफोड गर्न थालेपछि प्रदर्शनले उग्र रुप लिएको हो । सोही प्रदर्शनमा स्थानीय र प्रहरीबीच झडप हुदा १ जना स्थानीय र ६ जनाप्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।