ठमेलबाट २० जना बालबालिकाको उद्धार

ठमेलबाट २० जना बालबालिकाको उद्धार

वैशाख २१, काठमाडौं । 
नेपाल प्रहरीले राजधानीको ठमेल क्षेत्रबाट अपराधजन्य घटनाको जोखिमपूर्ण अवस्थामा रहेका २० बालबालिकालाई उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरिएको हो ।

लैनचौर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले  अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई जोगाउन नियन्त्रणमा लिएका जानकारी दिए ।

यसरी उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ ।