कोटेश्वरमा भेटिएको बम नक्कली !

कोटेश्वरमा भेटिएको बम नक्कली !

वैशाख २३, काठमाडौं । 
सोमबार साँझकाठमाडौंको कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको  छ। 

कोटेश्वर चोक नजिकै ट्राफिक प्रहरी बिटको पूर्वपट्टी शंकास्पद झोला भेटिएपछि प्रहरीले बम राखेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा शंकास्पद बस्तु बम नभएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।

सवारी चाप बढी हुने समयमा शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर भएर चल्ने सवारी साधनको लामो जाम भएको थियो।