मुस्लिम धर्मावलम्बीको चाड रमजान आजबाट सुरु

मुस्लिम धर्मावलम्बीको चाड रमजान आजबाट सुरु
तस्विर सौजन्य : dailymail

वैशाख २४, काठमाडौं । 
मुस्लिम धर्मावलम्बीको एक महीना लामो चाड  रमजान व्रत मंगलबारदेखि सुरु भएको छ । 

हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आज देखि व्रत सुरु भएको हो । 
 
रमदान महीनाभर मुस्लिम समुदायका मानिस बिहान सूर्योदयअघि नै खाना खाई बेलुकी सूर्यास्तपछि मात्र खाना खान्छन् । सूर्योदयपछि सूर्यास्तसम्म खाना खान नहुने मुस्लिम धर्मशास्त्रीय मान्यता छ । यसरी व्रत बसेका मानिसले महीनाभर नमाज, कुरानलगायत धार्मिक ग्रन्थ पाठ गर्छन् । 
 
यस पर्वका अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसालगायत धार्मिक स्थलमा पूजा पाठ गरिन्छ । 

नेपालमा २०६८ को जनगणनाअनुसार १२ लाख मुस्लिम ७७ वटै जिल्लामा फैलिए रहेका छन् ।