इडीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

इडीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

वैशाख २५, काठमाडौं । 
अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा इडिभी को नतिजा मंगलबार सार्वजनिक भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे  अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा सार्वजनिक भएको हो। 

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको  इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । 

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ ।