दम्पतीबीच विवाद हुँदा १० महिनाकी छोरीको जलाएर हत्या

दम्पतीबीच विवाद हुँदा १० महिनाकी छोरीको जलाएर हत्या
तस्विर सौजन्य : MyNation

वैशाख २७, दार्चुला । 
श्रीमान-श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीलाई जलाएर हत्या गरेका छन् ।

बिहीबार राति विवाद भएपछि व्याँस गाउँपालिका-५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई  १० महिनाकी छोरी जलाएर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जनकारी दिए ।