प्रहरीले सुरु गर्याे सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी बिशेष अभियान

प्रहरीले सुरु गर्याे सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी बिशेष अभियान

वैशाख २९, काठमाडौं।   
'समुदाय-प्रहरी साझेदारी' आवधारणा अन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी बिशेष अभियान २०७६ को सोमबार शुभारम्भ भएको छ । 

निजामती कर्मचारी अस्पतालको प्राङगणमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा. बासुदेव त्रिपाठीले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रहरी बरिष्ठ उपरीक्षक सुवेदीले भने, "सबै नागरिकको चाहना, सभ्य र सुरक्षित समाज रहेको चर्चा गर्दै वर्तमान अवस्थामा समाजिक विकृतिबाट सिर्जित अपराधको बढोत्तरी भएकोले यस्ता अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी सदैव सक्रिय भइरहेको छ।" 

कार्यक्रममा निजामति कर्मचारी अस्पतालका डाईरेक्टर प्रा.डा. दीर्घराज आरसीले स्वागत मन्तव्य व्यक्त गर्दै सूर्तिजन्य पदार्थ जस्ता विसंगतीहरुलाई न्यूनिकरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने दाबि गरे ।           
कार्यक्रममा समुदाय प्रहरी निजामति कर्मचारी अस्पताल समितिका पदाधिकारीहरु, समुदायिक सेवा केन्द्रका सदस्यहरु, जनप्रतिनिधिहरु, स्थानीय बासिन्दा, विभिन्न विद्यालय विद्यार्थीहरु, नगर प्रहरी  तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेका थियो ।