सरुवाको विषयमा विवाद हुँदा उद्योगमन्त्रीको कार्यकक्षमै हात हालाहाल

सरुवाको विषयमा विवाद हुँदा उद्योगमन्त्रीको कार्यकक्षमै हात हालाहाल
तस्विर सौजन्य : Nepali Reporter (file photo)

जेठ १, काठमाडौं । 
सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ ।

उद्योग विभागमा भएको सरुवाको विषयमा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच यादवको कार्यकक्षमै हात हालाहाल भएको हो ।

मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला मन्त्री यादव बाहिर निस्किएका थिए । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

मापदण्ड नबनाई नेकपा निकटका कर्मचारीलाई उद्योग विभागमा पदस्थापन गरेर कांग्रेस निकट कर्मचारीलाई पेलिएको र नेकपा निकट कर्मचारी विनोद खड्काको सरुवा गरिएको विषयलाई लिएर नेपाली कांग्रेस निकट कमर्चारीले मन्त्रीसँग विवाद गरेका थिए ।