कञ्चनजंघा आरोहणका क्रममा २ भारतीयको मृत्यु

कञ्चनजंघा आरोहणका क्रममा २ भारतीयको मृत्यु
तस्विर सौजन्य : Expedition Himalaya

जेठ २, काठमाडौं । 
विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ भने चिलीका एक आरोही बेपत्ता भएका छन्।

उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकाअनुसार दुई जना भारतीयको बुधबार राति क्याम्प ४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो।

मृत्यु हुनेमा  ४८ वर्षीय भारतीय नागरिक विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेका छन् ।  वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कुलपाल माथि चढ्दै थिए।

भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइने कम्पनीले जनाएको छ।

हिजै कञ्चनजंघा चढेर फर्किने क्रममा हराएका रोडरीगोको खोजी भइरहेको छ।