७५ लाख धरौटीमा छुटे अख्तियारका पूर्वआयुक्त पाठक

७५ लाख धरौटीमा छुटे अख्तियारका पूर्वआयुक्त पाठक

जेठ २, काठमाडौं । 
७८ लाख भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतबाट धरौटीमा छुटेका छन्।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोद श्रेष्ठ वैद्यको इजलासले उनीसँग ७५ लाख धरौटी मागेको थियो। नेपाल बंगलादेश बैंकबाट उक्त धरौटी रकम बराबरको बैंक ग्यारेण्टी बुझापछि पाठक बुधबार नै छुटेका हुन् । 

अदालतले तोकेकै समय बुधवार बिहान ९ बजे हाजिर हुन आएका पाठकसँग दिनभर विशेषले पहिले थुनछेक बयान र थुनछेक बहस गराएको थियो।

७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो।

कसुर प्रमाणीत भए  कानुन अनुसार  पाठकले  ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ भने न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ।